फागुन
१४, काठमाडौँ । प्रहरीले ४९ जनालाई काठमाडौँको बानेश्वरस्थित संसद भवनमा निषेधित
क्षेत्र तोडेर प्रवेश गरेको आरोपमा पक्राउ गरेको छ ।
जिल्ला
प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीका अनुसार ४८ जना महिला
र १ जना पुरुषलाई संसद भवनमा प्रवेश गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
लघुवित्त
प्रभावितहरुले निषेधित क्षेत्र तोड्न खोज्दै संसद भवनमा प्रवेश गरेका हुन् । अहिले
पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
- न्युज बहार संवाददाता