Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ओलीसहित यी पाँच नेतालाई उपत्याका छोड्न पनि आयोगको अनुमति चाहिने

  •   १० महिना अघि | १२ असोज २०८२, आइतवार

असोज १२, काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश यात्रा रोकिएको छ। ओलीसँगै उनका सरकारकालीन गृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान नपाउने व्यवस्था गरिएको हो।

भदौ २३ र २४ गते भएका आन्दोलनहरूको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले उनीहरूको विदेश भ्रमणमा प्रतिबन्ध लगाएको हो। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार यस निर्णयको उद्देश्य घटनासम्बन्धी अनुसन्धान सहज बनाउनु हो।

उनीहरूले उपत्यकाबाहिर जान पनि आयोगको अनिवार्य अनुमति लिनु शर्माले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप