चैत २७ काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागिएको अडियो आफ्नो नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाका कुमार श्रेष्ठले दाबी गरेका छन् । उनले यस विषयमा बोल्दै आफ्नो आवाज सम्पादन गरी आफुलाई सुनियोजित रुपमा षडयन्त्र गरिएकोसमेत दाबि गरेका छन् ।
आज ढाका कुमार श्रेष्ठको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सो सम्बादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठको नभएको त्यसलाई सम्पादन गरिएको जिकीर गरेको हो । ‘सो आवाज सम्पादन (इडिट) गरी नियोजित रुपमा मा. डा. ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो ।’ विज्ञप्तिमा लेखिएको छ।
हिजो आईतबार आफू स्वास्थ्यमन्त्री बन्न लागेको र
त्यसका लागि रवि लामिछानेलाई २ करोड रुपैयाँ बुझाउन पर्ने भन्दै डा. ढाका कुमार श्रेष्ठले व्यवसायी
दुर्गा प्रसांई सँग २ करोड मागेको अडियो कपुरबोट डटकमले सार्वजनिक गरेको थियो।
श्रेष्ठको सचिवालयले जसले यो अडियो मिडियामा राखेको छ त्यस मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कारबाहीको लागि प्रक्रियामा अगाडि बढाउने समेत जनाएको छ ।
यता
रास्वपाले सो अडियो सार्वजनिक भएपछि ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै
त्यसबारे छानबिन थालेको जानकारी हिजै गराएको छ । रास्वपाले छानबिन पूरा नभएसम्मका
लागि ढाका कुमार श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै
काम पनि नगर्न नगराउन पार्टिले निर्देशन दिएको छ । सभापति रवि लामिछाने दोषी ठहर भए ढाकालाई ७० घण्टा भित्र कारबाही गर्ने कसम पनि खाएका छन।
- न्युज बहार संवाददाता