चैत १२, काठमाडौँ। सर्वोच्च अदालतमा
'जनयुद्ध
दिवस' खारेज
गर्न माग गर्दै रिट परेको छ।
आज
सर्वोच्चमा द्वन्द्वपीडितहरूले 'जनयुद्ध दिवस' खारेज गर्नुपर्ने मागसहित रिट दिएका हुन्।
जनयुद्ध
दिवस बारे रिट
आएको र यसमा अध्ययन
भइरहेको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जानकारी दिएका छन।
उनले भने
‘रिट आएको छ, यसबारे हामीले अध्ययन गरिरहेका छौं,’ ।
नेकपा
माओवादी केन्द्र सरकारले गत फागुन १ गते 'जनयुद्ध दिवस' का दिन सार्वजनिक बिदा दिएर 'जनयुद्ध दिवस मनाउन सुरु गरेको हो। सरकारले
जनयुद्ध दिवसलाई उत्सव र खुसियालीका रूपमा मनाउने र सार्वजनिक विदा समेत घोषणा
गरेपछी आलोचनासमेत भएको थियो।
- न्युज बहार संवाददाता