बैशाख १०, काठमाडौँ। आज उपनिर्वाचन भएको तीन वटा क्षेत्रको मतपेटिकाको ढुवानी सुरू भएको छ।
आज बेलुकी ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा पुर्याउने तयारी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानाकरी दिएका छन।
आज चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २, र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन सम्पन्न भएको हो।
- न्युज बहार संवाददाता