बैशाख २१, काठमाडौँ। आज विहीबार नवनियुक्त
मन्त्रीहरूको शपथ ग्रहण हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका डिगबहादुर लिम्बु, मोहन बस्नेत र धनराज गुरुङलाई शपथ ग्रहण गराउन लागेका हुन् ।
राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज (विहिबार) दिउँसो ३ बजे हुने जानकारी गराएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार धनराज गुरुङलाई कानुन, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन ।
- न्युज बहार संवाददाता