असार २६, काठमाडौँ। सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अदालतको अवहेलना मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ।
मेयर बालेन शाहले आइतबार उक्त मुद्दामा वारेस राख्ने अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले आज उक्त निवेदनमाथि सुनुवाइ गर्दै अनुमति नहुने भनिएको हो।
इजलासले वारेस राख्ने अनुमति नदिएपछि मेयर बालेन अब आफैं तारेख खेप्न आउनुपर्ने सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताएका छन।
- न्युज बहार संवाददाता