असोज २५, काठमाडौँ । नेपाली विद्यार्थी लिन गएको जहाज इजरायलबाट बिहीबार राति सवा ९ बजे काठमाडौँ आइपुग्ने भएको छ ।
हिजो बुधबार राति इजरायलमा रहेका नेपाली विद्यार्थी लिन उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर आज सवा ९ बजे फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी गराएको छ ।
बुधबार राति परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली नेपाली विद्यार्थी लिन इजरायल गएका छन ।
- न्युज बहार संवाददाता