चैत १५, काठमाडौँ। बिहीबार बेलुकीसम्म सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छ।
बालुवाटारमा आज अपराह्न बसेको गठबन्धन बैठकले लगभग मन्त्रालय भागबन्डामा सहमति जुटाएका छन्।
बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने पत्रकारहरूलाई जानकारी दिएका हुन।
उनले भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्, मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ र भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुनेछ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दलहरूले आफ्नो पार्टीबाट मन्त्री बन्ने व्यक्तीको नाम बुझाउनेसमेत सहमति भएको छ उनले बताएका छन।
- न्युज बहार संवाददाता