Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु भन्दै राप्रपाले गर्यो गृहमन्त्रीको राजीनामा माग

  •   ३ वर्ष अघि | २७ चैत्र २०८०, मङ्लबार

चैत २७, काठमाडौँ । राप्रपा - राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ ।

आज मंगलबार भद्रकाली क्षेत्रमा राप्रपाले गरेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट कार्यकर्ता घाइते भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका हुन्।

सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै राप्रपाले आज मंगलबार काठमाडौँमा प्रदर्शन गरेको थियो भने यही प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा राप्रपाको केही कार्यकर्ता घाइते भएका थिए।

‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनाका रूपमा राख्नेछौँ’ कोणसभामा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीको राजीनामाको माग पनि राप्रपाले थपेर अघि लैजान्छ, ४० बुँदेमा १ बुँदे अर्को माग थपियो।’

  • न्युज बहार संवाददाता

थप