असोज १२, काठमाडौँ । देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ।
शैक्षिक
संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल
र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई आज शनिबार
मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार देशभर यातायात अवरूद्ध भएको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको हो ।
- न्युज बहार संवाददाता