Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रास्वपाले जनताको मुद्दा समाधान गर्न बाटो खोजौँ भनिरहेको छ : सोबिता गौतम

  •   १ वर्ष अघि | २९ जेष्ठ २०८२, बुधबार

जेठ २८, काठमाडौँ । भिजिट भिसा प्रकरणमा लाखौं नेपालीले दुःख पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले बताएकी छन । सांसद गौतमले यो मुद्दा कुनै निचोडमा नपुगि यतिकै छाड्न नहुने बताएकी हुन ।

सांसद गौतमले आज बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा धेरै नेपालीले आफूहरूलाई सो प्रकरणमा जोडिएर गुनासो गरेको भन्दै राजनीतिक दलहरूबीच राष्ट्रिय सहमतिको खाँचो रहेको बताएकी छन ।

यस विषयमा उनले भनिन् ‘रास्वपाले सदन अवरुद्ध गरेको होइन, रास्वपाले जनताको मुद्दा समाधान गर्न बाटो खोजौँ भनिरहेको हो , सहमति गरौं, यो मुद्दाको हकमा राष्ट्रिय सहमति गरौं, समाधानतर्फ जानुपर्छ।’

  • न्युज बहार संवाददाता

थप