भदौ ११, काठमाडौँ
। माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग
सम्पर्कमा देखिएकाले छानबिनको तयारी गरिएको छ ।
महरा र
उनका छोराहरूको दुबईबाट २०७९ पुस १० मा ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ
नागरिक दाओजिन वाङसँग सम्पर्क देखिएको थियो ।
महरा र
उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर केन्द्रीय अनुसन्धान
ब्यूरो (सिआईबी)ले अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
यसै
विषयमा जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन
दिएको छ ।
- न्युज बहार संवाददाता