जेठ ११, काठमाडौँ । यही जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । स्रोतले दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताएको छ ।
तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने गरिएको भने छैन । प्रधानमन्त्री निकट स्रोतले भन्यो ‘भारत जाने जेठ १७ गते फिक्स्ड भयो, अब शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुन्छ,’ । प्रधानमन्त्रीको भारत भ्रमणबारे नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
- न्युज बहार संवाददाता