फागुन २६, काठमाडौँ
। यही फागुन ३० गते प्रतिनिधि सभा
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन् ।
भोलि (आइतबार) जसपा - जनता
समाजवादी पार्टी नेपालबाट मन्त्री बनेकाहरूको शपथ गराइने आज शनिबार बसेको माओवादी केन्द्रको
संसदीय दलको बैठकले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत
रहेका प्रचण्डले त्यसपछि सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको
मत लिने तयार रहेको बारे
जानकारी गराएको बैठक स्रोतले जनाएको छ ।
- न्युज बहार संवाददाता