बैशाख ४, काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज बालकोट जाँदैछन्।
आइतबारदेखि केही अस्वस्थ रहेका ओलीलाई भेट्न प्रचण्ड उनकै निवास जान लागेका जानकारी प्राप्त भएको छ।
प्रचण्ड बिहान ९ बजे बालकोट जाने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन।
प्रधानमन्त्री बिरामी परेका ओलीलाई स्वास्थ्य लाभको कामना गर्न बालकोट जान लागेका हुन्।
- न्युज बहार संवाददाता