भदौ २१, काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री समेत
रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्ती बाल अस्पतालमा के कारणले बालिकाले उपचार नभएको हो र उपचार नपाएर
मृत्यु भएको हो कि हैन भन्नेबारे सरकारसँग जवाफ मागेका छन ।
त्यसैगरी कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद महेश बर्तौलाले त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् ।
रेजिशा गोपालीको अस्पतालको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै यो घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बर्तौलाले बताए ।
- न्युज बहार संवाददाता