भदौ १९,
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपका टहरामा डोजर चलाएको छ। ४ वटा
टहरा अनधिकृत रूपमा बनाइएको भन्दै महानगरले भत्काएको हो ।
अनुमति नलिइ टहरा बनाएपछि महानगरले टहरमाथि डोजर चलाएको जनाएको छ । शौचालयका लागि मात्र भृकुटी मण्डपमा महानगरले अनुमति दिएको थियो । तर महानगरले पटकपटक टहरा हटाउन सूचना गरेपनि अटेर गरेर सोहि ठाउँमा नै टहरा बनाइएको थियो।
ती टहराहरुमा व्यापार गरिने गरेकोले भत्काएको महानगरले जनाएको छ ।
- न्युज बहार संवाददाता