जेठ २८, काठमाडौँ। निजामती कर्मचारीलाई टिकटक नबनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालयको पोसाक लगाएर, कार्यालय समयमा, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक नबनाउन निर्देशन दिएको हो।
यस्तै, कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन निर्देशन दिइएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता