Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मिटरब्याजी पीडितहरूलाई टुँडिखेल छिर्न रोक, व्यवस्थित स्थानमा बस्ने व्यवस्था मिलाइदिएको महानगरको ठहर।

  •   ४ वर्ष अघि | १३ चैत्र २०७९, सोमवार

चैत १३ काठमाडौँ। आज बर्दिबासबाट काठमाडौंसम्म मिटरब्याजीविरूद्ध मार्च गरेर आएका पीडितहरकाठमाडौँ महनगरपालोकाले टुँडिखेल छिर्न रोक लगाइएको छ।

११ दिन लगाएर बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म आएका मिटरब्याज पीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्चको गेट बन्द गरि भित्र छिर्न रोकेको छ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सार्वजनिक स्थानमा बस्न दिन हुँदैन भनेर खुलामञ्चको गेट बन्द गरेको जानकारी दिएका छन।

उनले भने ,‘खुलामञ्च भनेको सार्वजनिक स्थल हो, त्यहाँ कसैलाई पनि बस्न दिन हुँदैन, त्यसैले हामीले त्यहाँ बस्न नदिने निर्णय गरी छिर्न रोक लगाएका हौं।’

खुलामञ्चमा छिर्न नदिए पनि मिटरब्याजी पीडितलाई व्यवस्थित स्थानमा बस्ने व्यवस्था मिलाइदिएको पाण्डेले बताएका छन। उनि भन्छन ‘हामीले गौशालास्थित धर्मशालामा उनीहरूलाई निःशुल्क बस्ने व्यवस्था मिलाइदिएका छौं।’ 

महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले यस्तै उनीहरूलाई बस्ने व्यवस्था मिलाइदिँदा पनि सार्वजनिक स्थल खुलामञ्चमै बस्न खोजेका कारण रोक लगाउनु परेको बताएका छन। 

  • न्युज बहार संवाददाता

थप