असार १७, काठमाडौँ। ललिता निवास भित्रका अस्थायी संरचना हटाउन काठमाडौँ महानगरपालिकाले ७ दिनको समय दिएको छ।
काठमाडौँ महानगरका मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले ललिता निवासभित्र भएका सबै अस्थायी संरचना हटाउन ७ दिनको समय दिइएको जानकारी दिएका छन।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली सार्वजनिक जग्गा संरक्षण गर्ने उद्धश्यले आइतबार दिउँसो ललिता निवासको जग्गामा घेराबार गर्न पुगेको थियो। सोही समय ललिता निवासभित्र भएको सबै अस्थायी संरचना हटाउन ७ दिन को समय दिइएको बजागाईंले बताएका छन।
- न्युज बहार संवाददाता