फागुन
१०, काठमाडौँ । प्रतिनिधिसभा बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ । एमालेले आफूहरूले
उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै बैठक
अवरुद्ध पारेको हो।
यसअघि एमाले
सांसद रघुजी पन्तले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै तीन मन्त्रीहरु भौतिक
पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहन बस्नेत
र पर्यटन
मन्त्री सुदन किरातीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।
एमालेको
माग अनुसार किरातीले ल्यारक्याल लामाको गलत कार्यलाई सघाएको, बस्नेत भ्रष्टाचार
प्रकरणमा मुछिएर अख्तियारमा बयान दिन गएको तथा ज्वाला बालकुमारी घटनाको
मुख्य दोषी भएकाले उनीहरूलाई पदबाट हटाइनुपर्ने माग छ ।
केही
समयको अबरोधपछी सभामुख देवराज घिमिरेले आफूले फागुन ६ गते नै यसबारे स्पष्ट रुलिङ
गरिसकेको र यो विषयमा जवाफ दिन फेरि सरकारलाई रुलिङ गरेपछी एमालेका सांसदहरुले
अवरोध खोलेपछि शुन्य समयको कारबाही पुन: सुरु भएको छ ।
- न्युज बहार संवाददाता