असार २०, काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोली सम्मको लागी स्थगित भएको छ। नेकपा एमालेको अवरोधका कारण आधा आज घण्टाका लागि स्थगित गरिएको बैठक भोली बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको जानाकारी प्राप्त भएको छ।
प्रधानमन्त्रीले असार १८ गते पुस्तक विमोचन कार्यक्रममा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसदमा अवरो गरेको हो ।
यता राष्ट्रिय सभामा पनि आज एमालेको विरोध पछी सभा स्थगित भएको थियो। एमालेले यस विषयलाई लिएर प्रधामन्त्रीको राजिनामा समेत माग गरेको छ।
- न्युज बहार संवाददाता