साउन १८,
काठमाडौँ । आज बिहिबार सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि
बढाउन संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।
प्रधानन्यायाधीश
नियुक्तिका लागी गत मंगलबार पहिलो पटक बैठक बसिएको थियो तर उक्त दिन कुनै
निष्कर्षमा पुग्न नसकेकोले बैठक आज पुनः बोलाइएको छ ।
बैठक आज साँझ ५ बजे बस्ने छ भने आज बस्ने बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी रहेको छ ।
- न्युज बहार संवाददाता