फागुन २३, काठमाडौ । सत्ता गठबन्धनका दलहरु बिच
आज पनि बैठक जारी रहेको छ । गठबन्धनका दलहरु आ-आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको
नामावली टुंगो लगाउने प्रयासमा आन्तरिक छलफलमा व्यस्त रहेका छन् । दलहरुका अनुसार आजै
नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको छ ।
मंगलबार
बेलुकी पनि माओवादी केन्द्रका शीर्ष तहका नेताहरु छलफलमा बसेका थिए । अघिल्लो पटक
मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको जानकारी गएरातिको
छलफलबाट प्राप्त भएको छ ।
यसबारे अध्यक्ष
एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम निर्णय गर्ने जिम्मा पाएका छन
।
- न्युज बहार संवाददाता