फागुन ९, काठमाडौँ । ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गर्दै काठमाडौँ महानगरपालिकाले एक सूचना सार्वजनिक गरेको छ । महानगरले विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका कम्पनी व्यक्ति तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न निर्देशबन दिएको हो ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले महानगरपालिकालाई तोकेको ले ललिता निवास खाली गराउन महानगरले सक्रियता थालेको जनाएको छ ।

- न्युज बहार संवाददाता