जेठ ३, काठमाडौँ । नक्कली भुटानी शरनार्थी प्रकरणमा नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असूली गरेको गिरोहबारेको अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएको थियो ।
तर अनुसन्धान नसकिएकोले प्रहरीले आज प्रतिवेदन नबुझाउने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले जिल्ला प्रहरी परिसर, काठमाडौँले अनुसन्धान नसकिएको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको बताएका छन । रिजालले भने, ‘अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा भइसकेको छैन त्यसैले आज प्रतिवेदन नबुझाउने भएका हौँ, छिट्टै बुझाउने प्रयास गर्नेछौँ।’
- न्युज बहार संवाददाता