Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चैत १५ गते तिनकुनेमा भएको घटनाले मलाई दु:खी बनायो : पूर्वराजा ज्ञानेन्द्र शाह

  •   १ वर्ष अघि | ३१ चैत्र २०८१, आइतवार

चैत ३१, काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको जनप्रदर्शनका क्रममा भएको तोडफोड, हिंसा, आगजनी र मानवीय एवं भौतिक क्षतिले आफूलाई दुःख लागेको पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् ।

चैत १५ गतेको उक्त घटनाबारे पूर्वराजा शाहलाई जिम्मेवार बनाउनुपर्ने चौतर्फी माग भइरहँदा आज पूर्वराजा शाहले नयाँ वर्षको शुभकामना दिने क्रममा त्यस घटनाले आफूलाई दुःख लागेको बताएका हुन् ।

चैत १५ गते राजतन्त्र पुनस्थापना र हिन्दूराज्य लगायतका माग गर्दै प्रदर्शनले उग्र रुप लिँदा दुई जनाको ज्यान समेत गएको थियो । उक्त प्रदर्शनका क्रममा विभिन्न निजी तथा सार्वजनिक सम्पतिमा क्षति पुग्नुका साथै दर्जनौं व्यक्ति घाइते पनि भएका थिए ।

  • न्युज बहार संवाददाता

थप