साउन २३, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ । दिउँसो ३ बजेका लागि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक बोलाइएको छ ।
आजको बस्न लागेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसुची रहेको छ ।
- न्युज बहार संवाददाता