साउन १६, काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
आजको बैठकमा सभामुखले सदनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
यसैगरी, सभामुखले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने हिजो नै तय भएको कार्यसूची रहेको छ ।
- न्युज बहार संवाददाता