बैशाख २, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बैठक बस्ने समय तोकिएको छ ।
आजको बैठकमा
सुरुवातमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी
पत्रको व्यहोरो पढेर सुनाउने कार्यसूची रहेको सम्भावित कार्यसूचीमा रहेको उल्लेख
गरिएको छ ।
त्यस्तै
आजको बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा
लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने लगायतका कार्यसुची
रहेको छ ।
- न्युज बहार संवाददाता