असार २२, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै
छ । नयाँ वानेश्वर स्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजेका लागि बैठक बस्ने समय
तोकिएको छ।
आजको
बैठकमा सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार तीन वटा
विधेयक प्रस्तुत हुनेछन् । जसमध्ये राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल
विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल गरिनेछ।
- न्युज बहार संवाददाता