फागुन १५, काठमाडौँ । सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद सरकारले बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको र अब उमेर हद १८ वर्ष को रहने तयारी थालेको छ ।
अहिले सवारी
तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे
सवारीको चालक अनुमति पत्र प्राप्त गर्न उमेर हद १६ वर्ष पुगेको हुनुपर्ने व्यवस्था
रहेको छ ।
मन्त्रालयका
अनुसार अब नयाँ ऐनका लागि १८ वर्ष उमेर हद कायम गर्न मस्यौदा तयार
गरिएको हो ।
यस्तै
हाल ठुलो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि २१ वर्ष रहेको छ । हब नयाँ ऐनका लागि २३ वर्ष हुनुपर्ने प्रस्ताव गरिएको छ
।
- न्युज बहार संवाददाता