मंसिर २१, काठमाडौँ । एनसेलको ८० प्रतिशत
हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न सरकारले
उच्चस्तरीय समिति गठन गरेको छ ।
पूर्वमहालेखा
परीक्षक टंकमणि शर्माको संयोजकत्वमा आजको मन्त्रिपरिषद बैठकले पाँच सदस्यीय समिति
गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन ।
यस उच्चस्तरीय
समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका
अध्यक्ष सुजन कुमार काफ्ले रहेका छन् ।
- न्युज बहार संवाददाता