पुस २२, काठमाडौँ । आज राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । मतदाताको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएको छ भने पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय रहेको छ ।
प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख राष्ट्रिय सभा निर्वाचनमा मतदाता हुनेछन ।
- न्युज बहार संवाददाता