बैशाख ३१, काठमाडौँ। नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री सञ्जय गौतमले विकास निर्माण सम्बन्धी विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन।
बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेपाली कांग्रेसका सांसद जब्दीघाटको भत्किएको पुलमुनी टेन्टमा बसेर आमरण अनशन सुरु गरेका हुन् ।
उनले आमरण अनशनबाट विभिन्न १५ बुँदे मागहरूको सूचि अघी सारेका छन। सूचीको पहिलो नम्बरमै उनि बसेको जब्दीघाटको भत्किएको पुल निर्माणको काम तत्काल नै सुरु गर्नुपर्ने माग राखिएको छ ।
- न्युज बहार संवाददाता