फागुन
२९, काठमाडौँ । आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदै छ । आज मंगलबार बिहान ११:०९
बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको हो ।
अध्यक्ष
पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई
राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत
गर्ने पहिलो कार्यसुची रहेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका
छन ।
त्यसपछि नारायण
प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गोपी
बहादुर सार्की आछामीले सभा समक्ष प्रस्तुत गर्नेछन् ।
यी दुई
प्रस्ताव पछी सभाको उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ
प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
- न्युज बहार संवाददाता