फागुन
१४, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लघुवित्तका ऋणीहरू नयाँ
बानेश्वर स्थित संसद् भवनमा प्रवेश गरेको घटनाबारे छलफल गर्न सुरक्षा प्रमुखहरूलाई
सिंहदरबारमा बोलाएका छन् । अहिले गृह मन्त्रालयमा गृहमन्त्री श्रेष्ठ र तीनवटै
सुरक्षा निकायका प्रमुखहरूबिच छलफल भइरहेको छ ।
अहिले
जारी रहेको बैठकमा सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, नेपाल प्रहरीका आईजीपी
वसन्त कुँवर र
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी रहेका छन् । काठमाडौँका
प्रमुख जिल्ला अधिकारी र उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा पनि बैठकमा
सहभागी रहेका छन् ।
गरिरहेको
गृह मन्त्रालयका एक जना अधिकृतका अनुसार अहिले सुरक्षा प्रमुखहरूले संसद् भवन
परिसरमा लघुवित्तका ऋणीहरू प्रवेश गरेकोबारे ‘ब्रिफिङ’ भइरहेको छ ।
- न्युज बहार संवाददाता