Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेकपा माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकार छाड्ने।

  •   ४ वर्ष अघि | १० चैत्र २०७९, शुक्रबार

चैत १०, गण्डकी । आज गण्डकी प्रदेश सरकार नेकपा माओवादी केन्द्रले छाड्ने भएको छ।

आज बिहान ११ बजे माओवादीले पार्टी संसदीय दल बैठक बसेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गर्न लागेको हो।

संसदीय दल नेता हरिबहादुर चुमानले आफूहरूले आज गण्डकी सरकार छाड्ने जानकारी गराएका छन।

दल नेता हरिबहादुर चुमानले भने ‘हामीले आज सरकार छोड्छौं। बसेर काम नै छैन, केन्द्रमा अर्कै समीकरण बनेको छ,’ भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका उनले भने, ‘संसदीय दल बैठकबाट सरकार छाड्ने औपचारिक निर्णय गर्ने छौँ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्डले बिहीबार गण्डकी सरकार छाड्न माओवादी प्रदेश समितिलाई निर्देशन दिएका थिए।

  • न्युज बहार संवाददाता

थप