Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गृहमन्त्री रवि लामिछानेको नियुक्तबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ

  •   ३ वर्ष अघि | २४ फाल्गुन २०८०, बिहिबार

फागुन २४, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तबारे नेपाली कांग्रेसले जवाफको माग गरेको छ । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका मन्त्रीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै प्रशन गरेका हुन् । 

यस विषयमा उनले भने, ‘कुनै पनि ठाउँबाट कुनै पनि किसिमको अनुसन्धानको दायराभित्र नियुक्त भएर आउनुभएका मन्त्रीहरू नपरेका होलान् भन्ने आशा गरेको छु, यदि परेका छन् भने प्रधानमन्त्रीले त्यसपछि सदन के हुन्छ भन्ने कुराको जवाफ पनि दिँदा राम्रो हुन्छ भन्ने मेरो आग्रह छ ।’

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि अहिले राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको मुद्दा विचाराधीन अवस्थामा छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सहकारी ठगीको आरोपमा उनीमाथी पनि अनुसन्धान गरिरहेको छ । अर्को तर्फ लामिछानेविरुद्ध प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले पनि सम्पत्ति शुद्धीकरणमा समेत छानबिन गरिरहेको छ। 

  • न्युज बहार संवाददाता

थप