जेठ ३०, काठमाडौँ। आज मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री यादवले आज मंगलबार साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लागेको जनता समाजवादी पार्टीका सांसद रामअतिश यादवले जानकारी दिएका छन।
उनले पुरानो सत्ता समीकरणमा आवद्ध दल सरकारबाट बाहिरिएकाले विश्वासको मत लिन लागेका बताएका छन।
- न्युज बहार संवाददाता