Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने।

  •   ४ वर्ष अघि | १० चैत्र २०७९, शुक्रबार

चैत १०, हेटैँडा। आज प्रदेश सभा बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।

प्रदेश सभा बैठक आज शुक्रवार दिउँसो १ बजे बस्दैछ। यो बैठक मुख्यमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नका लागि तय गरिएको हो।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन।

गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भई नेकपा माओवादी संसदीय दल नेता जम्कट्टेलले माघ ३ मा विश्वासको मतसमेत लिएका थिए।

उनलाई त्यस समयमा नेपाली कांग्रेसहित ६ दलहरूका १०५ जना सांसदहरूले विश्वासको मत दिएका थिए।

 

  • न्युज बहार संवाददाता

थप