चैत
१०, हेटौँडा । प्रदेश सभाबाट बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो
पटक विश्वासको मत पाएका छन्।
आज शुक्रवार
उनले प्रदेश सभा बैठकमा राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत र विपक्षमा
१७ मत आएको छ।
उक्त
मतदानमा ७ जना सांसद भने तटस्थ बसेका छन्।
राप्रपाले
सरकार छाडेपछि उनले पुनः आज विश्वासको मत लिएका हुन्।
साथै
बागमती प्रदेश सरकारवाट आजै नेकपा एमाले पनि बाहिरिएको छ।
बागमती
प्रदेश सभामा ११० जना सांसद रहेका छन्।
- न्युज बहार संवाददाता