साउन १९, काठमाडौँ । आज पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहने भएको छ । बैठक गत बुधबारदेखि सुरु भएको हो भने बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् ।
बैठकमा समसामयिक राजनीतिक विषय, मङ्सिरमा हुने विधान सम्मेलन, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी छलफल भइरहेका छन् ।
- न्युज बहार संवाददाता