असार १०, काठमाडौँ । आगामी आर्थिक वर्षको
लागि काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ ।
आर्थिक
वर्ष २०८१/८२ का लागि सोमबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभामा
बजेट प्रस्तुत गरेकी हुन् ।
महानगरको
सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड
आम्दानी हुने लक्ष्य बजेटमा राखिएको छ ।
आगामी आवको
स्रोतको लागि महानगरपालिकाले स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख
रुपैयाँ खर्च हुने गरी विनियोजन गरेको छ ।
- न्युज बहार संवाददाता