साउन २९, काठमाडौँ । सत्तारुढ गठबन्धनले सुन प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक नरहेको निष्कर्ष गरेको छ ।
आज बालुवाटारको प्रधानमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सुन प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक नहुने निष्कर्ष निकालेका हुन।
उच्चस्तरीय छानबिन समिति बनाउँदा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अहिले गरिरहेको अनुसन्धानलाई नै अवरोध हुने निष्कर्ष शीर्ष नेताहरूबीच बसेको बैठकले निकालेको हो।
- न्युज बहार संवाददाता