मंसिर
४, काठमाडौँ । नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको जिल्ला
प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ गते माइतीघर मण्डलमा कार्यक्रम गर्न नदिने
निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ)
जितेन्द्र बस्नेतले दुबै पक्षसँग सोमबार प्रशासनले छलफल गरेको जानकारी दिए।
उनले दुबै पक्षले शान्ति
सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएको पनि बताएका छन ।
सिडिओ बस्नेतले भने ‘उहाँहरूले लिखित रूपमा शान्तिपूर्ण
ढंगबाट प्रदर्शन गर्न सुरक्षाको व्यवस्था मिलाइदिनु भन्नुभएको छ।’
मंसिर ७ गते दुबै पक्षले माइतीघर
मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको छ।
प्रशासनको
आकलन अनुसार यसरी दुई पक्षको प्रदर्शन जुध्दा शान्ति सुरक्षामा खतरा हुने छ। त्यसैले
ठाउँ जुधेका कारण दुबै पक्षलाई अन्तै कार्यक्रम गर्न सुझाव दिइएको छ।
- न्युज बहार संवाददाता