भदौ ३१, काठमाडौँ । आइतबार ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला
सरकारी वकिलको कार्यालय काठमाडौँले दर्ता गर्ने भएको छ।
काठमाडौँ जिल्ला अदालतमा आज आइतबार कार्यालयले मुद्दा दर्ता गर्न लागेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन प्रकरणमा ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार रहेका छन् भने उनीहरूमध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउन सिआइबीले सरकारी वकिललाई राय दिएको छ।
- न्युज बहार संवाददाता