चैत ८, काठमाडौँ । आज प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ५ जनाले दर्ज्यानी चिन्ह लगाएका छन् । आईजीपी धिरज प्रताप सिंहले आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनीहरूलाई फुली लगाइदिएका हुन् ।
चैत ६ मा बसेको मन्त्रिपरिषदको बैठकले दिपक थापा, टेक प्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली र वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको हो।
वसन्त कुँवर अतिरिक्त
महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा रहेका छन । बिहीबार बस्ने मन्त्रीपरिषद्ले
आज बढुवा भएका मध्ये एकजनालाई आईजीपीमा नियुक्त गर्ने छ ।
- न्युज बहार संवाददाता