कार्तिक
२८, काठमाडौँ । टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई नेपाल दूरसञ्चार
प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ ।
आज मंगलबार
एक विज्ञप्ति जारी गर्दै टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई
कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको हो ।
सबै
इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणले टिकटक बन्द गर्न
निर्देशन दिइसकेको थियो। निर्देशन दिइसकेको भएपनि केही सेवा प्रदायकको नेटवर्कबाट
टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल निर्देशन
कार्यान्वयन गरी जानकारी गराउन आग्रह गरेको छ ।
- न्युज बहार संवाददाता